कम्पनीले तलब नदिएपछि कुवेतमा ३३ नेपाली भोकभोकै

योगेन्द्र योगी

१० साउन, दोहा ।

काठमाडौँको सामाखुसीमा रहेको एसआरके नेपाल मेनपावर मार्फत बिगत १८ महिना अघि कुवेत पुगेका ३३ जना नेपाली कामदार अलपत्र परेका छन् ।

कोरोनाको कारण कम्पनीले लिएको साइट बन्द भएपछि कुवेतको जिलिपमा बिगत पाँच महिनादेखि आफूहरु अलपत्र परेको पिडितहरु मध्ये रोल्पाका प्रकाश मगरले बताए ।

पीडितहरुका अनुसार कुवेतको अल रकीब बिल्डिंग कंस्ट्रक्शन कम्पनी कार्यरत नेपाली कामदार लामो समयदेखि भोकभोकै बस्न बाध्य भएका छन् ।

म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख ६० हजार रुपैयाँ लिएको थियो । तर, कुवेतमा पाँच महिनासम्म पनि काम, दाम र माम नपाएको उनीहरुको गुनासो छ ।

पीडित नेपालीहरुका अनुसार कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा दिएकाे छैन । कम्पनी प्रशासनले आज दिन्छु भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद महतले बताए ।

 

सप्लाईको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको कारण आफूहरु अलपत्र परेको पीडितहरुले बताएका छन् । उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउँदा तोकिएको तलब लगायत सेवा सुविधा समेत नपाएको बताएका छन् ।

म्यानपावर कम्पनीले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अवस्था दयनीय बनेको पीडितहरुले बताएका छन् । हाल उनीहरुले प्रयोग गर्दै आएको पानी र बिजुलीको लाइन समेत काटिएकोले समस्या थपिएको बताएका छन् । कम्पनीले तलब नदिएपछि दुई महिनादेखि आफूहरु एसी बिनाको कोठामा नै बस्‍न बाध्य भएको कामदारको गुनासो छ ।

उनीहरुले आफूहरुको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् ।

यता, पिडित नेपालीहरु जानकारी गराएपछि कुवेतस्थित नेपाली दूतावास उनीहरु बसकेको क्याम्पमा पुगी आवश्यक जानकारी लिएको जनाएको छ । दूतावासका अनुसार उनीहरुलाई चाँडै खाना तथा उद्दारको पहल गरिने जनाइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top