×

NEPAL TIMES UPDATES

Playing
सरकारको डोजर चलेपछि नागरिकले घरमा टाँसे जग्गाधनी पुर्जा|| Nepal Times
May 02, 2026
Playing
अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूतबीच २० मिनेट विशेष वार्ता|| Nepal Times
May 02, 2026
Playing
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले राष्ट्रपतिलाई के सुझायो ?|| Nepal Times
May 02, 2026
Playing
आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?|| Nepal Times
May 02, 2026
Playing
अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो|| Nepal Times
May 02, 2026
Playing
यु*द्ध रोक्ने प्रयास असफल: इरा*नको नयाँ प्रस्ताव पनि अमेरि*काले ठुक*रायो|| Nepal Times
May 02, 2026
Playing
नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा|| Nepal Times
May 02, 2026
Playing
सवारी चालक र ट्राफिक दुवैलाई अदालतले दियो खुशीको खबर || Nepal Times
May 01, 2026
Playing
अध्यक्षबाट हटाउने तयारी चलिरहँदा कहाँ हराए ओली ? || Nepal Times
May 01, 2026
Playing
नेपालको अर्काे सनसनीपूर्ण रोमान्चक जित, तालिकामा कहाँ छ नेपाल ? || Nepal Times
May 01, 2026

ताप्लेजुङ बाढीपहिरोः ८६ लाख बराबरको क्षति, २ जना बेपत्ता, १२ घर बिस्थापित

१० श्रावण २०७७

१० साउन, ताप्लेजुङ ।
असार १ गतेदेखि साउन पहिलो सातासम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका कारण साढे ८६ लाख बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार सक्रिय मनसुन सुरु भएको अवधि असार १ देखि साउन पहिलो सातासम्ममा ८६ लाख ६३ हजार मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

Advertisement
Advertisement

प्रहरीका अनुसार उत्तरी ताप्लेजुङको देउमाटार, मौवाटार टिपताला भञ्ज्याङतर्फ घुम्न जाने क्रममा सिंजेमा खोला तर्ने क्रममा फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ का कालुमान ताप्मादेन र सञ्जबहादुर केदेम लिम्बू बेपत्ता भएका छन् ।

फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ स्थित इखाबुस्थित रानी आधारभूत विद्यालयको ५ कोठे भवन र फर्निचरसहितका सामान बगाउँदा २८ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै वर्षासंगै आएको बाढीले फक्ताङ्लुङ गाउँपालिका वडा नं २ स्थित मेथेमखोला जलविद्युत पाईप राख्ने पिलर र ट्याङ्की बगाउँदा ९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ स्थित इखाबुस्थित भक्तबहादुर लिम्बूको घर र गोठमा पहिरोले ३ लाख मूल्य बराबर क्षति भएको छ । पहिरोले मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका कूलबहादुर लिम्बूको घरमा क्षति गर्दा ७ लाख मूल्य बराबर क्षति भएको बिवरण प्रहरीले संकलन गरेको छ ।

मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङको लुते खोलामा आएको बाढीले त्यहाँ रहेको पक्की पुल बगाउँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपका लक्ष्मण लिम्बूको घर पहिरोले पुर्दा करिव १२ लाख मूल्य बराबर क्षति भएको प्रहरीले जनाएको छ ।

यता मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङस्थित हुक्तालुङ खोला माथिको पक्की पुल बाढीले बगाउँदा १२ लाख मूल्य बराबर फक्तालुङ वडा नं ७ ओलाङ्चुङगोलास्थित तमोर नदीमा लगाएको फड्के पुल बगाउँदा ५ लाख मूल्य बराबर क्षति भएको छ ।

ओलाङ्चुङगोला बस्तीबाट मानिसले जंगल आवतजावत गर्न प्रयोग गर्ने पक्की पूल बगाएपनि प्रहरीले अहिले सम्म त्यसको क्षतिको बिवरण प्राप्त नभएको बताएको छ ।

पहिरोले मेरिङ्देन गाउँपालिका वडा नं २ का असारसिंह लिम्बूको घर तथा बाख गोठमा भएको क्षति गरेर ५३ हजार र फुङ्लिङ नगरपालिका वडा नं ६ सुकेटार बस्ने छोवाङ्नुपु शेर्पाको घर तथा शौचालयमा पहिरोले क्षति पुर्‍याउँदा ५० हजार मूल्य बराबर क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

बाढी तथा पहिरोका कारण फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ ईखाबुका २ घर,मेरिङ्देन वडा नं ६ नाल्बु र वडा नं २ सान्थाक्रामा २–२ र आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका १ घर परिवार बिस्थापित भएका छन् ।

Advertisement

सिरिजङ्घा गाउँपालिका वडा नं ५ पेदाङका पहिरोको अति जोखिम क्षेत्रमा रहेका ५ घर परिवारलाई भने सुरक्षित स्थानमा सारिएको समेत जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top