गणतन्त्र स्मारक नाराणहिटीबाट सार्नुपर्ने माधव नेपालको माग

९ साउन ७७, शनिबार

१० साउन, काठमाडौं ।
राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनुपर्ने पर्ने आवाज फेरी एक पटक उठेको छ ।

वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको तथा वि.स. २०७६ साल जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घान गरेको गणतन्त्र स्मारक र निर्माणको क्रममा रहेको गणतन्त्र संग्रहालय नारायणहिटीबाट हटाउनुपर्ने आवाज सत्तारुढ दलभित्रैबाट उठेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताए । नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भएपनि गलत तरिकाले बनाइएको उनको भनाई छ ।

Advertisement

राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाएर अन्य ठाउँमा निर्माण गर्नुपर्ने नेता नेपालको भनाई छ ।

पटक पटक गणतन्त्र स्मारक हटाउनुपर्ने धारणा राख्दै आएका नेता नेपालले बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताए ।

Advertisement

नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पूरानो जग देखिने गरी विकास गर्नुपर्ने धारणा उनको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘‘गणतन्त्र स्मारक त्यहाँ राख्नु उपयुक्त छैन ।

त्यसका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ, गणतन्त्र संग्रहालय । जसमा जनताको आन्दोलन र सामाजिक आन्दोलन देखि लिएर सबै कुरा बेग्लै किसिमको संग्रहालय गणतन्त्र आइसकेपछिको नेपालले बनाउनुपर्छ ।

नारायणहिटीलाई राजा महाराजले पुरानो इतिहासको सम्पूर्ण झलक देखिने गरी बनाउनुपर्छ । त्यहाँ अरु कुनै कुराहरु गर्नुहुँदैन ।’’ यता नारायणहिटी दरबार संग्रहालय भने स्मारकको निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने समय कुरिरहेको छ ।

लकडाउनका कारण तत्काल सम्भव नभएपनि सरकारले संग्रहालयहरु खुला गर्ने निर्णय सरकारले गरेपछि सर्वसाधारणका लागि खुला गरिने नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

सहरी विकास मन्त्रालय अन्तरर्गत सहरी विभागले स्मारक निर्माण सम्पन्न गरी गत माघ ३ गते नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरिसकेको छ । गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने व्यक्तिहरुको सम्मानमा स्मारक निर्माण भएको र गणतन्त्र संग्रहालय डेढ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए ।

                                           

सहिदहरुप्रति गरिने सम्मान, श्रद्धाञ्जलीका कार्यक्रम यसअघि सहिद गेटमा गरिँदै आएकोमा अब गणतन्त्र स्मारक भित्रै गरिने उनले बताए । ९ वर्ष मुनि र ७० वर्षमाथिका नागरिकहरुका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिने उनले बताए ।

स्मारक भित्र निर्माण भएको स्टेडियममा हरेक शुक्रबार कार्यक्रम गर्ने योजनाअनुसार गृहकार्य भइरहेको पनि उनले बताए । उपत्यकामा बसोबास गर्ने नागरिक र विदेशबाट आउने पर्यटकहरुको प्रमुख गन्तव्यस्थलको रुपमा विकास गरिने उनले बताए ।

एउटै टिकटले नारायणहिटी संग्रहालय, गणतन्त्र संग्रहालय र गणतन्त्र स्मारकको अवलोकन गर्न पाइने उनले बताए ।  स्मारकमा हिमाल, पहाड र तराई झल्किने गरी बालुवा, गिट्टी, सिमेन्टलगायत सामग्रीले नेपालको नक्सा बनाइएको छ ।

यद्यपी नेपालको अद्यावधिक नक्सा अनुसार त्यसलाई परिमार्जन गर्न बाँकी रहेको छ । कालापानी, लिपुलेक र लिम्यिाधुरा सहितको भूमि जोड्ने काम छिट्टै सुरु हुने उनले बताए । स्मारकको छानाबाट प्रकाशका राता किरण खसाइएको छ ।

आन्दोलनका क्रममा मृत्यु भएका, बेपत्ता पारिएका, हराएका र अंगभंग भएकाहरूको स्मरण गराउने गरी स्मारकमा चारवटा स्तम्भ निर्माण गरिएका छन् । स्मारकमुनिका दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तिका क्रममा खिचिएका तस्बिर राखिनेछन् ।

दोस्रो तलामा नेपालको संविधानसम्बन्धी विभिन्न विषयवस्तु संग्रह गरिनेछन् । स्मारक वरिपरि बगैँचा निर्माण गरिएको छ । संविधानको पुस्काकृति पनि कुदिँएको छ । दरबार क्षेत्रको पूर्वी भागमा बनाइएको स्मारकभित्र पार्क र भूमिगत हल पनि छ ।

स्मारकले ३५ रोपनी क्षेत्रफलमा ओगटेको छ । वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको तथा वि.स. २०७६ साल जेठ ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top