निर्मला हत्यामा आईजिपीको चासो, फुक्ला त गाँठो ?

१० साउन, काठमाडौँ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुगेको छ । तर, अझै यो हत्याको गाठो फुकेको छैन । घटनामा २ वर्षसम्म प्रहरीले अनुसन्धान जारी राखे पनि हात लाग्यो शुन्नामात्र भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो । कयौं छानबिन समिति गठन गरेर अनुसन्धान भए तर दुई वर्षसम्म घटना रहस्यको गर्भबाट बाहिर आउन सकेको छैन ।

प्रहरीले सिआइबीसमेत गरी विभिन्न छानबिन समिति बनाएर अनुसन्धान गरे पनि हत्यारा को हो भन्न टुंगो लगाउन अझै सकेको छैन । तत्कालीन आईजीपी सर्वेन्द्र खनालको पालामा यो घटना भएको थियो । यो घटना सुल्झाउनेभन्दा गिजोल्ने काम बढी भएको आरोप खनालले खेप्नु परेको थियो ।

उनीपछि प्रहरी नेतृत्वमा आएका ठाकुरप्रसाद ज्ञवालीले आईजीपी नियुक्त भएलगत्तै आफ्नो कार्यकालमा निर्मला पन्त हत्या अनुसन्धान टुंगोमा पु¥याउने बताएका थिए । ज्ञवाली सीआईबीमै एसएसपी हुँदा कञ्चनपुर पुगेर घटनाको अनुसन्धान पनि गरेका थिए । तर, उनले प्रहरीको नेतृत्व सम्हालेको वेला अनुसन्धानमा उल्लेख्य प्रगति भएन ।प्रहरीले निर्मलाको सुरुवाल पखालेको, लुगा जलाएर नष्ट गरेको, घटनास्थल सिल नगरी प्रमाण नष्ट हुन दिएको, फिंगर र फुट प्रिन्ट संकलन नगरेको, तालिमप्राप्त कुकुर परिचालन नगरेका कारण दोषी पत्ता लगाउने बलियो प्रमाण बाँकी छैन ।

Advertisement

एकमात्र आधार मानिएको निर्मलाको भेजिनल स्वाब पनि त्रुटिपूर्ण रहेको भनिएपछि दोषी पत्ता लगाउने ठोस प्रमाण खोज्न जटिल छ । शुरुमा स्थानीय दिलीप बिष्टलाई प्रहरीले निर्मला हत्याको आरोपी भन्दै पक्राउ गरेको थियो । दिलीपलाई फसाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा गोली चलेर एकजनाको ज्यान गएको थियो । डिएनए नमिलेपछि दिलीप रिहा भएका थिए । पछि उनै दिलीप दोषी भन्दै दुर्गादेबीले गत भदौमा किटानी उजुरी दिएकी थिइन् । तर बलियो प्रमाण नभएकाले प्रहरीले मानसिक सन्तुलन गुमाएका भनिएका दिलीपलाई दोस्रोपटक पक्राउ गर्न सकेको छैन ।

प्रहरीकै शाख धुमिल पारेको यो घटना अनुसन्धानका लागि नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले चासो देखाएका छन् । यो घटनालाई आफ्नो प्राथमिकतामा राख्दै आईजीपी क्षेत्रीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख डीआईजी सहकुल थापा र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदीलाई निर्देशन दिएका छन् । आईजीपीको निर्देशनसँगै सीआईबीले अनुसन्धानमा पोख्त विशेष टोलीलाई कञ्चनपुर पठाउने तयारी गरिरहेको डीआईजी थापा बताउँछन् । दुई प्रहरी महानिरीक्षकले पार लगाउन नसकेको दुई वर्ष पूरानो निर्मला बलात्कार तथा हत्या घटनाले नवनियुक्त आइजीपीबाट आशा गरेको छ । निर्मलाको आमाबुवासंगै निर्मलालाई न्याय दिलाउन सडकमा उत्रिएका हजारौंको आँखा र विश्वास महानिरिक्षक थापामाथि अडिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top