×

NEPAL TIMES UPDATES

Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026

किन सजिलै पाइन्छ एसिड ?

११ श्रावण २०७७

काठमाडाैँ : घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छन् । सेलाउँछन् ।

नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ । पछिल्ला ७ वर्षमा देशका विभिन्न भागमा १९ युवती र ३ पुरुषमाथि एसिड प्रहारका २१ घटना भएका छन् । तिनमा छ्यापिएको एसिड सुनचाँदी पसल, हार्डवेयर र ब्याट्री मर्मत केन्द्रबाट सस्तो मूल्यमा सजिलै किन्न पाउँदा दुरुपयोग भएको देखिन्छ । सहज उपलब्धताले पीडकहरूले हात पारेर आवेशमा एसिड प्रहारका घटना भइरहेका छन् ।

Advertisement
Advertisement

घातक मानिएका हाइड्रोक्लोरिक र सल्फ्युरिक एसिडको बिक्रीवितरणलाई नियमन गरी कडाइ गर्न २०७६ साउन २६ मा सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको थियो । सल्फ्युरिक एसिड हार्डवेयरमा र नाइट्रिक एसिड सुन पसलमा सजिलै पाइन्छ ।

केही घटनामा पीडकले तिनै पसलबाट एसिड किनेको देखिन्छ । बारम्बार घटना हुँदै आए पनि सरकारले एसिडको बिक्रीवितरणलाई नियमन गर्न नसकेको घटनाहरूको अध्ययनबाट थाहा हुन्छ । गत बिहीबार साँझ सीतापाइलाबाट फर्किने क्रममा २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको घटनाका मुख्य अभियुक्त मोहम्मद आलमले कहाँबाट किनेका थिए भन्ने प्रस्ट भइसकेको छैन । तर सुरुवाती बयानमा उनले आफ्नो गार्मेन्ट फ्याक्ट्रीमा वर्षौं पहिले ट्वाइलेट सफा गर्न किनेको एसिड नै छ्याप्न प्रयोग गरेको बताएका थिए ।

दोस्रो बयानमा भने आफूले केही वर्ष पहिले मेसिन सफा गर्न काम लाग्छ भनेर एसिड किनेर राखेको बताएका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूले उनको कारखानामा छापा मार्दा एसिड पहिल्यै किनेर राखिएको भन्ने बलियो सबुत फेला परेन । वृत्तका डीएसपी नीरञ्जन भट्टले भने, ‘उनले एसिड कहाँबाट ल्याए भनेर यकिन भइसकेको छैन ।’

उनका अनुसार आलमले पठाएका मुन्ना महमदलाई गोजीमा अट्ने रक्सीको बोतलमा २ सय एमएल जति एसिड राखेर दिएको देखिन्छ । बोतलको मुख सानो भएकाले मुन्नाले छ्यापेपछि पनि थोरै एसिड बोतलभित्रै थियो, जसलाई उनले राति नै विष्णुमती खोलामा लगेर फ्याँके ।

Advertisement

गत फागुन २५ मा काठमाडौंको बालाजुमा रामराजा श्रेष्ठमाथि एसिड छ्यापिएको थियो भने सोही दिन कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ की ५१ वर्षीया वेदमतीदेवी गुप्तामाथि एसिड प्रहार भएको थियो । यी दुई घटनाको १२ दिनअघि अर्थात् १३ फागुनमा बाफल बस्ने २९ वर्षीय शिव रम्तेलले मदिराको सुरमा श्रीमती र १५ वर्षीया सालीलाई एसिड छ्यापेका थिए । यी घटनामध्ये बालाजुका रामाराजामाथि भने बियरको बोतलमा ल्याइएको एसिड छ्यापिएको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top