विराटनगरमा समूदायस्तरमा फैलियो कोरोना, घरबाहिर ननिस्कन अपिल

११ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस(कोभिड१९) समुदाय स्तरमा फैलिएको भन्दै भन्दै सामाजिक दुरी र स्वास्थ्य सचेतनाका उपायहरुलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

आइतबार महानगरपालिकामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । महानगरले अत्याबश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ ।

आइतबारदेखिनै लागू हुनेगरी थप सचेतनाका साथ स्वास्थ्य सुरक्षाका विषयमा कडाइ गरिने भएको छ । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर महानगरले नगर भित्र थप कडाइका कार्यक्रम सार्वजनिक गरेको हो ।

Advertisement

नगरक्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसंगै थप कडाइका कार्यक्रम ल्याउनुपर्ने सरोकार सम्वन्धहरुले सुझाब दिएका थिए । यस संगै सीमा क्षेत्रबाट लुकीछिपी हुने आगमनलाई रोक्ने ,सिटि रिक्सामा दुरि कायम गर्नुपर्ने , चोक ,बजारमा भिडभाड गरेर लाग्ने पसल ब्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनु पर्ने ,सामाजिक दुरी कायम राख्नुपर्ने,भिडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने ,परिक्षणको दायरा बढाउन थप पहल गर्ने ,क्वारेन्टाइन थप बढाउने, आइसोलेसनलाई थप ब्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने ,आपतकालिन स्वास्थ्य सुरक्षामा थप ध्यान दिनका साथै कुनैपनि खालका सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा महानगरपालिकाले विषम परिस्थितिमा अत्याबस्यक काम बाहेक बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरिने मेयर पराजुलीले बताए । महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले अब समुदायस्तरमा कोरोना संक्रमण पुगिसकेको बताउदै सतर्कता अपनाउनु पर्ने बताउनुभयो । विराटनगर महानगरपालिकाले शनिबारसम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top