×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

६ दिनपछि नौबिसे-मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालन

११ श्रावण २०७७

११ साउन, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड ६ दिनपछि सुचारु भएको छ ।

पहिरोका कारण अवरुद्ध सो सडकखण्ड गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement

मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड साउन ५ गतेदेखि बन्द थियो ।

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड १६ दिनसम्म पनि खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।

सडक खुलाउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । साँफेबगर-मार्तडी सडकखण्ड पनि १६ दिनदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । यस्तै पहिरोका कारण १२ दिनदेखि अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । यस्तै एक हप्तादेखि अवरुद्ध बेशी शहर चामे-सडकखण्ड पनि बन्द नै छ ।

घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरोका कारण डुम्रे(बन्दीपुर सडकखण्ड पनि अवरुद्ध छ । गल्छी-त्रिशुली-मैलुङ-स्याुफ्रुबेशी-रसुवागढी सडकखण्ड पनि साउन १ गतेदेखि अवरुद्ध नै छ ।

Advertisement
Advertisement

सडक सञ्चालनमा आउन समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै काठमाडौको टोखा नगरपालिका-२ मालुङ पन्चेटारमा सडक भासिएपछि नुवाकोट जाने बाटो पनि अवरुद्ध भएको छ । लगातार पानी परेपछि भासिएको सडक मर्मतको काम चलिरहेको प्रहरीले जनाएको छ । बाटो अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top