विराटनगरमा २२ सहित प्रदेश १ मा ३१ संक्रमित थपिए

१० साउन ७७, आइतबार
NepalTimes Samachar

११ साउन, विराटनगर ।
मोरङगको विराटनगरमा २२ जनासहित प्रदेश १ मा आइतबार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । प्रदेश १ मा आइतबार १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top