१२ साउन, जनकपुरधाम ।
आईतबार धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३८ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि सुरक्षा सतर्कता अपनाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए ।