एक करोड ४२ हजार निको हुँदा ६ लाख ५२ हजारले ज्यान गुमाए

१२ साउन, एजेन्सी ।
विश्वमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित एक करोड ६४ लाख १२ हजारभन्दा धेरैमध्ये एक करोड ४२ हजार २१० जना निको भएका छन्।

Advertisement

६ लाख ५२ हजार ३३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा छन्। त्यहाँ करीब ४३ लाख ७१ हजार संक्रमितमध्ये २० लाख ९० हजार निको भएका छन्। २१ लाख ३१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

अमेरिकामा नै सबैभन्दा बढी झन्डै डेढ लाखको मृत्यु भएको छ। त्यसैगरी ब्राजिलमा करीब ८७ हजार, बेलायतमा ४६ हजार, मेक्सिकोमा ४३ हजारको मृत्यु भएको छ। इटालीमा झन्डै ३५ हजार र भारतमा ३३ हजारको मृत्यु भएको छ।

Advertisement

ब्राजिलमा २४ लाख संक्रमितमध्ये करीब १६ लाख ३५ हजार निको भएका छन्। त्यहाँ करीब सात लाख संक्रमित उपचार गराइरहेका छन्। भारतमा १४ लाख ३६ हजार संक्रमितमध्ये नौ लाख १८ हजार निको भएका छन्।

त्यहाँ ३२ हजार ८१२ जना निको भएका छन्। अब उपचाररत संक्रमितको संख्या करीब चार लाख ८५ हजार छ। यसैबीच गत साता बढेको दैनिक संक्रमित र मृत्युदर क्रमशः घटेको छ। २४ जुलाईमा ९शुक्रबार० एकैदिन अहिलेसम्मकै बढी दुई लाख ८९ हजार संक्रमित भेटिएका थिए।

Advertisement

तर, आइतबार दुई लाख ५८ हजार नयाँ संक्रमित भेटिएका छन्। गएको २२ जुलाई (बुधबार) सात हजार ७२१ जनाको मृत्यु भएको थियो। आइतबार चार हजार १०४ जनाको मृत्यु भएको छ। गएको बुधबार यताको यो सबैभन्दा कम संख्या हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top