×

NEPAL TIMES UPDATES

Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News:इराकको तेल भण्डार बन्द, तेलको भाउ २ सय डलर पुग्ने || Nepal Times
Mar 12, 2026

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारले काँचुली फेर्दै

१२ श्रावण २०७७

१२ साउन, काठमाडौँ ।
२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी पुननिर्माण भइराखेको छ । कोभिड १९ का कारण निर्माण कार्यमा असर पर्दा केही समय ढिलो हुने भएपनि मूख्य भवनको पूननिर्माण कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी काम भइराखेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बताएको छ ।

सिंहदरबार देशको मूख्य प्रशासनीक निकाय हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरले निजी निवासको रुपमा सन १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । तर पछि सिंहदरबारलाई मूख्य प्रशासनिक केन्द्रको रुपमा परिणत गरियो । प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी मन्त्रालयका कार्यालयहरु सिंहदरबार भित्र छन् ।

एतिहासिक सिंहदरबारको मुख्य प्रशासनिक भवन २०७२ सालको भूकम्पले लगभग नष्ट हुने अवस्थामा पु¥यायो । त्यसपछि केही वर्ष सिंहदरबारको पुननिर्माण हुन सकेन । अहिले भने पुननिर्माणले गति लिएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले सिंहदरबारमा क्षति भएका मूख्य दुई भवनहरु जसमा पूर्वपट्टिको सी आकारको भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन) र पश्चिम पट्टिको मोहडाको प्रबलिकरण (रेक्टोफिटिङ) विधिबाट पुननिर्माणको कार्य भइराखेको बताए । मुख्य प्रशासनिक भवन जहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहनेछ उक्त भवनको पुननिर्माण आगामी कात्तिक महिना भित्रमा सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको छ ।

पश्चिम पट्टिको मोहडा जटिल प्रकृतिको भएको र बहुमूल्य सामानहरु समेत रहेकाले त्यसलाई जोगाई राख्ने गरी काम भइरहेको उनले बताए । पश्चिम मोहोडाको पुननिर्माण २०७८ असोज मसान्त सम्म सक्ने समय सीमा रहेपनि चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइराखेको विश्वकर्माले बताए ।

सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । २०३० सालमा आगलागी भएपछि यो भवन सिमेन्ट, बालुवा, छड लगायतका वस्तु प्रयोग गरी जिर्णोद्धार गरिएको थियो । त्यसैले अहिले पनि सिमेन्ट, छड, गिट्टी फलाम लगायत कंक्रिटको प्रयोग गरी ज्याकेटिङ प्रविधिबाट पुननिर्माण गरिएको विश्वकर्माले बताए । राणा कालमा जुन वस्तु प्रयोग गरि जस्तो प्रविधिबाट बनाइएको थियो सोही प्रविधि अनुसार नै अहिले प्रबलिकरण भइराखेको विश्वकर्माले बताए । यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार भवनको प्रवलिकरण गरिएको उनले बताए ।

आयोजनाका प्रजेक्ट म्यानेजर प्रलाहद चापागाईंले भवनको फाउण्डेसनको काम भइरहेको बताए । उनले ब्रिक्स सोलिङ, पीसीसी, फर्मवर्क, स्टिील फ्रेमिङ र बिम पुरा गर्ने कम भइराखेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने पूर्व पट्टिको भवनको निर्माण ७५ करोड रुपैयाँ लागतमा सम्पन्न हुने छ । त्यस्तै पश्चिम पट्टिको मोहडाको भ्याट बाहेक ४० करोड रुपैयाँमा निर्माण सम्पन्न हुने विश्वकर्माले बताए । सिंहदरबारको पूननिर्माणको काम तीनवटा प्याकेजमा भएको उनले बताए । पहिलो प्याकेजको काम शर्मा न्यू टेक्निकल जेभि र डिभि मल्टी कन्सल्ट्यान्टबाट सम्पन्न भइसकेको छ । जस अन्तर्गतको सबै काम असार महिनामा सम्पन्न भएको थियो । दोस्रो प्याकेजमा इन्टेरियर, प्लम्बिङ लगायतका काम भइराखेको छ ।

यो काम कात्तिकको पहिलो साता भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विश्वकर्माले बताए । त्यसको काम शर्मा न्यूटेक र माइक्रो टेक जे भिले गरिरहेको विश्वकर्माले बताए । तेस्रो प्याकेज अन्तर्गत पश्चिम पट्टिको मोहडाको कामलाई लिइएको छ । जसको काम शर्मा न्यू टेक्निकल जेभिले गरिरहेको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top