कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुँदै

१२ साउन ७७, मंगलबार

काठमाडौँ : सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसईईको नतिजा अन्तिम अवस्थामा पुगिसकेको छ ।

विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयमा पुनः विचार नहुने र ढुक्क भएर यसको तयारी थाल्न पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले आह्वान गरेका छन् । केन्द्रका निर्देशक गणेश भट्टराईले सानातिना समस्या भए पनि आफ्नो निर्णयबाट सरकारपछि नहट्ने बताउनुभयो ।

राजनीतिक प्रणाली परिवर्तन भए पनि पाठ्यक्रममा परिमार्जन हुन नसकेको उल्लेख गर्दै नयाँ पाठ्यक्रम लागू गर्ने अवसरबाट पछि हट्न नहुने र सरकार यसमा अडिग रहेको उहाँले बताउनुभयो । कक्षा ११ को नेपाली, अङ्ग्रेजी र सामाजिक तथा जीवन उयोगी शिक्षा गरी तीनवटा अनिवार्य विषयका पुस्तक सरकारले नै उपलब्ध गराउने जानकारी उहाँले दिनुभयो । केन्द्रले हालसम्म ७५ वटा विषयको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।

पाठ्यक्रममा भएका कमी कमजोरीलाई बर्सेनि परिमार्जन गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षकको तालिम, अभिमुखीकरण लगायतमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । हाल विद्यालय तहमा कार्यरत शिक्षकबाटै कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।, यो गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top