सिद्धार्थ राजमार्ग फेरि अवरुद्ध

१३ साउन ७७, मंगलबार

१३ साउन, पाल्पा ।
सिद्धार्थ राजमार्ग फेरि अवरुद्ध भएको छ ।

Advertisement

अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । तिनाउ गाउँपालिकाको सिद्धबाबा, पैठेडाँडा, ड्यामसाइड, गौडेपुलमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानै ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । राजमार्गकै पिपलडाँडा नजिकै सेरामा पहिरो खसेको पाल्पाका प्रहरी उपरीक्षक दीपक खरेलले बताए । सडक डिभिजनको समन्वयमा वर्षा रोकिनासाथ डोजर, लोडर लगाएर पहिरो खुलाउने प्रयास भइरहेको छ ।

Advertisement

अविरल वर्षासँगै खसेको पहिरोले पाल्पाका ग्रामीण भेग जोड्ने सडकसमेत अवरुद्ध भएका छन् । पहिरो पन्छाउन सडक डिभिजन बुटवल (हेभी कार्यालय) बाट मेसिन मगाइएको छ ।

पहिरो खसेपछि पाल्पादेखि स्याङ्जा–पोखरा र पाल्पा–बुटवल सडकमा सवारी साधन सञ्चालन हुन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top