चिनियाँ राजदूत यान्छी र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

चिनियाँ राजदूत यान्छी र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

१३ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेकी छन् ।

पौडेल निवास बोहराटारमा राजदूत यान्छी र पौडेलबीच मंगलबार भेटवार्ता भएको हो।

राजदूत यान्छीसँग ‘नेपाल र चीनबीच सुमधुर र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको’ पौडेलको सचिवालयले जानकारी दिएको छ।

भेटमा बीपी कोइराला र माओत्सेतुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको थियो।

चीनले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपालमा कोरोना नियन्त्रणका लागि गरेको सहयोगबारे पनि कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.