काठमाडौंमा थपिए ५१ जना नयाँ कोरोना संक्रमित

१२ साउन ७७, मंगलबार

१३ साउन, काठमाडौँ ।
मंगलबार काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएको बताए । संक्रमितहरु काठमाडौंको ४८ र ललितपुरको २ र भक्तपुरको १ जना रहेको गौतमले बताए ।

योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको स‌ंख्या ४ सय ७२ पुगेको छ जसमा काठमाडौंको ३ सय ३५, ललितपुरको ८७ र भक्तपुरको ५० जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top