×

NEPAL TIMES UPDATES

Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026

लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश : सुनीलबहादुर थापा

१३ श्रावण २०७७

१३ साउन, काठमाडौँ ।
राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा मंगलबार एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश गरेका छन् । आफ्नै बाबु सुर्यबहादुर थापालगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेता थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए । त्यस क्रममा सभापति देउवा थापा लगायत नयाँ प्रवेशीलाई पार्टी सदस्यता कार्ड दिए ।

Advertisement
Advertisement

पार्टी प्रवेश गर्दै थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुशी लागेको बताएका छन् । उनले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका हुन् ।

उनले मन्तव्यका क्रममा कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई सम्झिए ।

अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए ।

आफ्ना बुबा सूर्यबहादुर थापाले लोकतानित्रक शक्तिबीच एकता हुनुपर्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएको भन्दै उनले राप्रपाले त्यो बाटो भुलेकाले कांग्रेस प्रवेश गरेको दावी गरे ।

कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिएका हुन् ।थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताएका छन् । राप्रपाले परिवर्तन र जनताको माग सम्बोधन गर्न नसकेपछि आफू त्यसमा अटिरहन नसकेको उनले बताए ।

राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आएका थिए । उनले गणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको कुरा राख्दै आएका थिए ।

राजतन्त्र र नेपाललाई धर्मनिरपेक्ष बनाउने संविधानसभामा भाग लिएको, त्यस्तो संविधानअनुसार भएका निर्वाचनमा भाग पनि लिने अनि फेरि हिन्दुराष्ट्र र राजतन्त्रको नारा लगाउनु सही नभएको उनको भनाइ छ ।

Advertisement

पार्टी प्रवेश कार्यक्रममा कांग्रे वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेता, कार्यकर्ता सहभागी थिए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top