अमेरिकाबाट सेनाका लागि नयाँ हतियार, पुरानो सशस्त्रलाई

काठमाडाैँ : नेपाली सेनाले अमेरिकाबाट नयाँ हतियार किन्ने भएपछि पुराना केही राइफल सशस्त्र प्रहरीलाई दिने भएको छ । हजार हाराहारीमा प्रयोग भइसकेका इन्सास राइफल दिन लागिएको हो । गोप्य सुरक्षा नीतिमा सशस्त्र प्रहरीले नयाँ हतियार किन्न नपाउने उल्लेख छ ।

०५७–५८ सालतिर माओवादीले नेपाल प्रहरीका थ्रिनटथ्रि राइफल लुट्न थालेपछि सेनाले १७ करोड लिएर आधुनिक राइफल दिने भनेको थियो तर सम्झौताअनुसार काम भएन । त्यसैको तोडमा भारतले दिएका इन्सास राइफल दिएर सशस्त्र प्रहरी बल गठन गरियो । यसकै हतियार पनि माओवादीले लुट्न छाडेनन् ।

अहिले पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेको र जुनसुकै बेला स्थिति बिग्रन सक्ने भन्दै आर्मीले आफूले चलाइसकेका हतियारसहित सशस्त्रलाई प्रशिक्षित गर्न लागेको हो । सीमामा समस्या भइराखेको बेला सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई प्रशिक्षित र हतियार सम्पन्न गराउन तत्काल यसरी नै गर्जो चलाउनुको विकल्प नरहेको रक्षा मन्त्रालयस्थित स्रोतले बतायो । पुराना र प्रयोगमा आइसकेका हतियार मर्मत गरेर मध्य भदौबाट दिने प्रक्रिया शुरु भएको छ ।

Advertisement

सेनाले आफ्नालागि भने अमेरिकाबाट नयाँ हतियार ल्याउने तयारी थालेको छ । सेनासँग हाल १८ हजार बढी इन्सास राइफल छ । र, ०७४ सालदेखि नै नयाँ हतियार किनेको छैन । सेनाले चार वर्षदेखि नयाँ दरबन्दी पनि थपेको छैन । ९७ हजारको सीमाभित्र रिक्त पदमा मात्रै भर्ना लिने गरेको छ ।,आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top