राखेपको सदस्य सचिवमा सिलवाल नियुक्ती बारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

१४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश कुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधिश आनन्द मोहन भट्टराईको एकल ईजलासले राखेपको सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको हो ।

सदस्य सचिवका आकांक्षी एवं पूर्व खेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले सिलवाल नियुक्तिको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Advertisement

सदस्य सचिवका आकांक्षी दाहालले राखेप र मन्त्रालयद्धारा गठित सदस्य सचिव सिफारिस समितिलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उनले देशभरका मानिसले थाहा नपाउने गरी मन्त्रालयले वेबसाईटमा ७ दिने सुचना प्रकाशित गरेको र अन्य सञ्चार माध्यममार्फत सुचना नदिएर छनोट प्रक्रिया मिचेको दाबी गर्दै रिट दायर गरेका हुन् ।

Advertisement

सरकारको कदमले सदस्य सचिवमा आवेदन दिन इच्छुक हजारौं योग्य नेपाली नागरिकहरु समयमै सही सूचनाबाट वञ्चित भएको रिट निवेदकको ठहर छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top