१४ साउन, काबुल ।
विद्रोही समूह तालिवानले इद अल–अधाका अवसरमा अफगानिस्तानमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ ।
करिब दुई महिनाको अवधिमा सरकारले दोस्रोपटक वार्ताका लागि प्रस्ताव गरेसँगै विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको हो ।
तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले जारी गरेको विज्ञप्तिमा इद अल–अधाको तीन दिन सबै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले एक साताभित्र तालिवान समूहसँग शान्तिवार्ता सुरु हुने बताएका छन् ।
