सुनको झोला फ्याकेर स्कर्पियो फरार भएको घटना विवादित हुँदा छानबिन समिति गठन

१४ साउन ७७, बुधबार

१४ साउन, काठमाडौं ।
राजधानीको कमलादीमा ‘सुन’को झोला फ्याँकेर स्कर्पियो फरार भएको घटनामा संगठन विवादित बनेपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समिति गठन गरेको छ।

Advertisement

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख तथा एसएसपी दीपक थापाको संयोजकत्वमा गठित समितीमा एसएसपी किरण वज्राचार्य, एसपी सोमेन्द्रसिंह राठौर, एसपी दुर्गा दाहाल र डीएसपी राजकुमार केसी छन् ।

काठमाडौं प्रहरी परिसरले मंगलबार बिहान कमलपोखरीमा चेकचाँजका क्रममा फुत्किएको स्कर्पियोले कमलादीमा पुगेपछि एउटा झोला फ्याँकेर फरार भएको जनाएको थियो। उक्त स्कर्पियो अझै पक्राउ पर्न सकेको छैन।

Advertisement

फ्याँकिएको झोलामा साढे १४ केजी सुनले जलप लगाइएको र आधा केजी सुद्ध केजी सुन तथा दुई वटा चाइनिज पेस्तोल भेटिएको प्रहरीको भनाई छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top