भारतमा पछिल्लो २४ घण्टामा थपिए ५५०७९ संक्रमित, ७७९ को मृत्यु

१६ साउन, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५ हजार ७९ जनामा कोरोना पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७९ संक्रमितको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ३५ हजार ७ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोरोना महामारीबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म महाराष्ट्रमा संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय ९८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म १४ हजार ७ सय २६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने करिब २ लाख ४८ हजार निको भएका छन् ।
गत वर्षको डिसेम्बरमा चीन वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर एक करोड ७२ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै विश्वका विभिन्न मुलुकमा गरी ६ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या झन्डै एक करोड एक लाख रहेको छ ।

Advertisement

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा करिब ४५ लाख व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजारभन्दा बढी पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमण पुष्टि भएकामध्ये करिब १४ लाख निको भएका छन् ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top