पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

१६ साउन, काठमाडौँ । पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पताल प्रशासनका अनुसार ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेको थियो ।

वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

Advertisement

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top