×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

विराटनगरमा आज रातिदेखि १४ दिनसम्म लकडाउन घोषणा

१६ श्रावण २०७७

१६ साउन, विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

आज बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो । लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

Advertisement
Advertisement

यसैबीच विराटनगर महानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

योसँगै महानगरभित्रका कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । कोरोना पोजेटिभ देखिएकामध्ये ४ जना कोसी अस्पतालमा परीक्षण गराएका हुन् भने अन्य ६ जना महानगरकै विभिन्न वडाबाट महानगरले स्वाब संकलन गरेकाहरु हुन् ।

संक्रमितहरुमा तीन जना कोशी अस्पतालका कर्मचारी छन् । विराटनगर–५ का एक महिला र एक पुरुष, विराटनगर–२ का एक महिला र एक पुरुष, विराटनगर–११ का १ महिला र १ पुरुष, विराटनगर–६ का एक पुरुष, विराटनगर १७ का एक पुरुष, विराटनगर १२ का एक पुरुष र वडा नखुलेका अर्का पुरुषमा संक्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement

प्रयोगशालाहरुबाट रिपोर्ट आउने क्रम नसकिएकोले संक्रमितको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top