पुर्वडीआईजी निरौला पक्राउ, पुर्व आईजीपी आर्यालमाथि समेत आशंका

१० बैशाख ७५, सोमबार
Share this
747shares

दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।

Advertisement

उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पुर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन् ।

अनुसन्धान टोलीले छानविनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पुर्वडीआईजी निरौला सुन तस्करबीच पटकपटक सम्पर्कमा रहेको र विमानस्थलाट सुन पास गराउन भुमिका खेलेको निष्कर्ष निकालेको थियो ।

Advertisement

छानविन गर्ने क्रममा पुर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको समेत संलग्नता रहेको आशंका गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top