कतारबाट दुई उडानमार्फत २९९ जना नेपाली स्वदेश फर्किए

२० साउन ७७, मंगलबार

योगेन्द्र योगी
२० साउन, दोहा ।

Advertisement

कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा मंगलबार कतारबाट २९९ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ महिलासहित १५० जना तथा हिमालय एयरलाइन्सको ९५६३२ उडानमा ११ महिलासहित १४९ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

Advertisement

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई लगायत नेपाली समुदायका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

अर्को उडान आज साँझ नेपाल एयरलाइन्सले गर्ने छ भने हिमालय एयरलाइन्सले अगष्ट ५ का लागि उडान तय गर्ने तय भएको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top