प्रधानमन्त्रीले बालकोट पुगेर भने- अढाई वर्ष पछि मात्रै फर्कन्छु

२० साउन, भक्तपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका उनी बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि दिउँसो बालकोटस्थित निजी निवासमा आएका हुन्।

पत्नी राधिका शाक्यसहित बालकोट पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गरे। आफ्नो शेषपछि उक्त घरमा ट्रस्ट बनाउने घोषणा गरिसकेका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएका विषय, तस्बिर, पुस्तक, महत्वपूर्ण दस्तावेजलाई पत्नी राधिका शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा गरेको व्यवस्थापनको उनले अवलोकन गरेकाे सांसद महेश बस्नेतले जानकारी दिए ।

Advertisement

त्यस क्रममा प्रधानमन्त्री ओलीले अब अढाई वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताए । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले अब बालकोट कहिले फर्किने भनेर जिज्ञासा राख्दा ओलीले अब अढाइ वर्षपछि फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बाँस्कोटा र पूर्वमन्त्री बस्नेतसँग राजनीतिक छलफलसमेत गरेका थिए । जनताको विश्वासलाई कायमै राख्न पनि अर्का अध्यक्ष प्रचण्डसँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको सांसद बस्नेतले जानकारी दिए। मुलुक र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभएको उनको भनाइ थियो ।

Advertisement

प्रधानमन्त्रीले बालुवाटारमा आज प्रचण्डसँगको छलफलमा जेरी खाएर छुट्टियाैँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीते करेला खुवाएर कुरा गर्नुपर्छ भन्नुभएको सांसद बस्नेतले जानकारी दिए । बालकोट निवासमा प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्नेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोटका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतको टोलीसँग भक्तपुरको शान्तिसुरक्षाबारे जिज्ञासा राखेका भएका थिए  ।

प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणका बारेमा चासो राखेका थिए भने कोरोना भाइरस सङ्क्रमण रोक्न, शान्तिसुरक्षा मजबुद बनाउन भक्तपुरका सांसद र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको बताएका थिए।

प्रधानमन्त्री भएपछि तेस्रोपटक बालकोटस्थित निजी निवास पुग्नुभएका उनी यसअघि गत माघ १६ मा वसन्त पञ्चमीका दिन पुगेका थिए । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उनी साेमबार पहिलो पटक निजी निवास पुगेका हुन् । प्रधानमन्त्री दम्पतीले आफ्नो निवास र करेसाबारी निरीक्षणसमेत गरेर करीब एक घण्टापछि बालकोटबाट बालुवाटार फर्किएका थिए ।रमेश गिरी/रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top