×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

संक्रमणले प्रहरीमा सेवा प्रभावित

२० श्रावण २०७७

काठमाडौँ : वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित वडा प्रहरी कार्यालयले साउन २ गते ५ भारतीय नागरिकलाई पक्राउ गर्‍यो । अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगन्जका औद्योगिक क्षेत्रमा भारतीय कामदार ओसार्थे । थुनामा राख्नुअघि गरिएको पीसीआर परीक्षणमा सबैमा कोरोना संक्रमण देखिएपछि प्रहरी झस्किए । ८ गतेबाट ४८ प्रहरी कार्यरत चौकी नै सिल गरियो ।

थुनामा रहेकाबाट संक्रमण सरेको हुन सक्ने आशंकमा सबै प्रहरीको पीसीआर परीक्षण गर्दा एक हवलदारमा संक्रमण पुष्टि भयो । यसरी १२ दिनसम्म सिल भएको प्रहरी चौकी सोमबारबाट फेरि सञ्चालनमा आएको छ । इन्सपेक्टर दीपक शाहका अनुसार सिलबन्दीका बेला चौकीमा आउने दैनिक करिब एक सय सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय जाने व्यवस्था मिलाइएको थियो ।

Advertisement
Advertisement

श्रीपुर चौकीको दृष्टान्तले कोरोना संक्रमणका कारण जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने प्रहरीहरू कसरी काम गरिरहेका छन् भन्ने मात्रै बुझाउँदैन, कसरी संक्रमणको खतरामा छन् भन्ने पनि बुझाउँछ । प्रहरी प्रधान कार्यालयमा पछिल्लो एक सातामै ७२ जना संक्रमित देखापर्नु र भारतसँग सीमा जोडिएका नाकामा खटिएका प्रहरीमा संक्रमण बढ्नु, सोमबार मात्रै संक्रमणको उच्च जोखिम रहेको प्रदेश २ का २ ब्यारेक सिलबन्दी गरिनुले प्रहरी संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ ।

अहिले प्रहरी प्रधान कार्यालयअन्तर्गतका सवारी व्यवस्थापन महाशाखा, सञ्चार निर्देशनालय, महानगरीय ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक र सप्तरीको राजविराजस्थित प्रदेश २ तालिम केन्द्रको ब्यारेक सिल गरिएको छ । यसको सोझो असर सेवा प्रवाहमा पर्न थालेको छ । अनलाइनबाट वा नजिकैका प्रहरी कार्यालयबाट सेवा सञ्चालनको व्यवस्था मिलाइए पनि संक्रमण व्यापक भएको खण्डमा प्रहरीको सेवा प्रवाह कमजोर हुने देखिन्छ ।

अकाउन्ट शाखाका सहयोगी र चालकमा एकैचोटि संक्रमण देखिएपछि प्रदेश १ प्रहरी कार्यालय पनि एक सातको सिलबन्दीपछि खुलेको छ । यसअघि कहिले थुनुवामा त कहिले प्रहरीमा नै संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी, बैतडीकै इलाका प्रहरी कार्यालय पाटन, अछामको मंगलसेनस्थित प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पनि सिलबन्दी गरिएको थियो । संक्रमण देखिएलगत्तै सम्पर्कमा रहेका सबै प्रहरी कर्मचारीमा तुरुन्तै पीसीआर गर्ने र त्यसको नतिजा तुरुन्तै नआउँदा प्रहरी कार्यालय नै कैयौं दिनसम्म सिलबन्दी हुने गरेका छन् ।

कान्तिपुरले सातै प्रदेश प्रहरी कार्यालय र उपत्यकाबाट संकलन गरेको तथ्यांकअनुसार देशभरका १ सय ५९ प्रहरी संक्रमित भएर आइसोलेसनमा छन् । जसमध्ये सबैभन्दा धेरै ७२ जना प्रहरी प्रधान कार्यालयअन्तर्गत सवारी व्यवस्थापन महाशाखा र सञ्चार निर्देशनालयका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका ५ र अन्य २ गरी उपत्यकामा कार्यरत ७ संक्रमित प्रहरी उपचाररत छन् । देशभरबाट ९७ प्रहरी संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् ।

Advertisement

प्रहरीमै संक्रमण बढेपछि देशव्यापी सुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावित भएको छ । , याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top