प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना पुष्टि

२२ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालका थप १० जनालाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले थप १० जनामा संक्रमण पोजेटिभ देखिएको सेतोपाटीलाई जानकारी दिए।

योसँगै प्रहरी प्रधान कार्यालयमा मात्र कोरोना संक्रमितको संख्या ८५ पुगेको छ। नयाँ थपिएका संक्रमितहरू पनि कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको हो।

उनीहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ।

Advertisement

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कडायतले जनाएका छन्। मुख्यालयमा सुरूमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। पछि उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा संख्या बढ्दै गएको छ।

देशभर कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या भने २ सय पुगेको छ। जसमा १ सय १९ जना निको भएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top