प्रधानमन्त्रीसहित प्रहरी महानिरीक्षकको क्लोज कन्टयाक्टमा थिए संक्रमित मन्त्री यादव

प्रधानमन्त्रीसहित प्रहरी महानिरीक्षकको क्लोज कन्टयाक्टमा थिए संक्रमित मन्त्री यादव

२२ साउन, काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन काठमाडौं बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको हो । उनले काठमाडौंमा प्रधानमन्त्री केपी शमौ ओली लगाएत प्रहरी महानिरीक्षक, गृहमन्त्री र कानुन मन्त्रीलाई पनि भेटेको खुलेको छ ।

कोरोना संक्रमण पुष्टि भएका यादव अहिले जनकपुरमै होम आइसोलेसनमा छन् । उनी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा उपस्थित भएका थिए ।

उक्त बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षक भेला भएका थिए ।

यस्तै, यादवले कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग पनि भेटघाट गरेको खुलेको छ । जनकपुरमा उनको सम्पर्कमा रहेका मानिसमा गरिएको परीक्षणमा मन्त्रालयका अन्य सात जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.