२२ साउन, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । दिनदिनै संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठि, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गरे ।
गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उनले अपिल गरे । यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरे ।
प्रवक्ता डा गौतमले कोरोना परीक्षणको स्वाब संकलन गरेपछि कुनै पनि शंकास्पद व्यक्तिले रिपोर्ट नआउन्जेल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।
उपत्यका लगायत घनावस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकितसक लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । संक्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पु¥याउँन उनले आग्रह गरे ।