जनसम्पर्कका सुरक्षाकर्मी कोरोनाबाट बढी प्रभावित

२२ साउन ७७, शुक्रबार

काठमाडौँ : नेपाल–भारत सीमा सुरक्षाअन्तर्गत इलामको पशुुपति नाकामा खटिएका सशस्त्र प्रहरी कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखापरेपछि ‘पीसीआर’ परीक्षण गर्दा पाँच जनामा कोरोना सङ्क्रमण देखा प¥यो । त्यसको केही दिनपछि इलामस्थित गणमा कार्यरत अन्य कर्मचारीको पीसीआर गर्दा ४७ मा र बिहीबार थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार सीमा नाकाबाट आवतजावत गर्नेबाट कोरोना सरेको अनुमान गरिएको छ । विशेष गरी ‘बन्दाबन्दी’ हटेपछि सीमा नाकामा नेपाली तथा भारतीय नागरिकको ओहोरदोहोर बाक्लो भएका कारण सुरक्षामा खटिएका कर्मचारीमा कोरोना सङ्क्रमण बढेको दाबी उहाँले गर्नुभयो । सुरक्षाकर्मीमा कोरोना फैलिनुमा नागरिकसंँगको प्रत्यक्ष सम्पर्क मुख्य कारण भएको बताइएको छ । त्यस्तै नेपाल प्रहरीको नक्सालस्थित प्रधान कार्यालयमा कार्यरत ८५ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।

नागरिकको शान्तिसुरक्षा, विपद् व्यवस्थापन, सञ्चार तथा सवारी महाशाखामा कार्यरत प्रहरी कर्मचारीमा सङ्क्रमण बढी देखिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानलगायत विपद् व्यवस्थापन तथा उद्धारमा खटिएकाबाट प्रहरी प्रधान कार्यालयभित्र कोरोना फैलिएको अनुमान छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top