२३ साउन, सुनसरी ।
सुनसरीको धरान उपमहानगरपालिका–१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । गुरुङ बिहीबार बिहान आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए ।
उनलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


