दुबईबाट फर्केकी महिलाले गरिन् क्वारेन्टाइनमा आत्महत्या

२३ साउन, काभ्रे ।
दुबईबाट फर्किएर काभ्रेको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् ।

Advertisement

गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा उनलाई झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार बेथानचोक–४ निवासी २१ वर्षीया युवती साउन १७ गते दुबईबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।  युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन् ।

Advertisement

प्रहरी प्रमुख पौडेलका अनुसार स्थिती तनावपूर्ण भएपछि जिल्लाबाट प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top