वीरगञ्जमा मृत्यु भएका ७४ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि

२३ साउन, वीरगञ्ज ।
वीरगन्जमा ७४ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना शंकास्पद बिरामीको रुपमा वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा भर्ना भई उपचाररत बृद्धको गएराती मृत्यु भएको थियो । मृत्यु पश्चात शुक्रबार साँझ आएको पिसिआर परिक्षण रिर्पोटमा कोरोना सङ्क्रमण देखिएको अस्पतालका डा. जे.पी. जयसवालले पुष्टि गरे ।

मधुमेह तथा दम रोगका दीर्घ रोगी रहेका वृद्धलाई साउन २२ गते राति अचानक स्वास लिन गाह्रो भएपछि वीरगञ्जको एडभान्स अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । एडभान्स अस्पतालको इमर्जेन्सीबाट आईसियूमा जानु पर्ने अवस्था देखिएपछि चिकित्सकले अन्यत्र लैजान भने पछि वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा राति करिब १ बजे ल्याईएको थियो । साढे १ बजे मृत घोषणा गरिएको डा.जयसवालले बताए । उनले भने– ‘निकै प्रयास ग¥यौं उहाँलाई बचाउन सकेनौं।’

अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि एडभान्स अस्पतालको इमर्जेन्सी बाहेक अन्य सबै सेवा बन्द गरिएको थियो । त्यसपछि आईसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले अर्को अस्पतालमा जानुपर्ने भएपछि सुरुमा नेशनल मेडिकल कलेजमा लगिए पनि त्यहाँ भर्ना लिन नमाने पछि वीरगञ्ज वडा नम्बर ३ का वडा अध्यक्ष वैजु स्वर्णकारको पहलमा नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा लगी उपचार सुरु गरिएको थियो । पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको शुक्रबार साँझ रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

Advertisement

यो सँगै साउन यता, पर्सामा मृत्यु हुने सङ्क्रमितको १५ पुगेको छ र १४ जनाको अहिले आइसियूमा उपचार भईरहेको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top