२३ साउन, वीरगञ्ज ।
वीरगन्जमा ७४ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना शंकास्पद बिरामीको रुपमा वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा भर्ना भई उपचाररत बृद्धको गएराती मृत्यु भएको थियो । मृत्यु पश्चात शुक्रबार साँझ आएको पिसिआर परिक्षण रिर्पोटमा कोरोना सङ्क्रमण देखिएको अस्पतालका डा. जे.पी. जयसवालले पुष्टि गरे ।
मधुमेह तथा दम रोगका दीर्घ रोगी रहेका वृद्धलाई साउन २२ गते राति अचानक स्वास लिन गाह्रो भएपछि वीरगञ्जको एडभान्स अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । एडभान्स अस्पतालको इमर्जेन्सीबाट आईसियूमा जानु पर्ने अवस्था देखिएपछि चिकित्सकले अन्यत्र लैजान भने पछि वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा राति करिब १ बजे ल्याईएको थियो । साढे १ बजे मृत घोषणा गरिएको डा.जयसवालले बताए । उनले भने– ‘निकै प्रयास ग¥यौं उहाँलाई बचाउन सकेनौं।’
अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि एडभान्स अस्पतालको इमर्जेन्सी बाहेक अन्य सबै सेवा बन्द गरिएको थियो । त्यसपछि आईसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले अर्को अस्पतालमा जानुपर्ने भएपछि सुरुमा नेशनल मेडिकल कलेजमा लगिए पनि त्यहाँ भर्ना लिन नमाने पछि वीरगञ्ज वडा नम्बर ३ का वडा अध्यक्ष वैजु स्वर्णकारको पहलमा नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा लगी उपचार सुरु गरिएको थियो । पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको शुक्रबार साँझ रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
यो सँगै साउन यता, पर्सामा मृत्यु हुने सङ्क्रमितको १५ पुगेको छ र १४ जनाको अहिले आइसियूमा उपचार भईरहेको जनाईएको छ ।