विराटनगर प्रदेशको अस्थायी राजधानी भएसँगै प्राचीन विराट राजा दरवार क्षेत्रमा पर्यटक बढे (फोटो फिचर)

विराटनगर, बैशाख ११
१ नम्बर प्रदेशको अस्थिायी राजधानी विराट भएसँगै पूर्वकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल प्राचीन विराट राजाको दरवार क्षेत्रमा पर्यटकको चहल पहल बढेको छ ।

 

प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा विवाद एवम् वहस चलिरहेको समयमा तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले विराटनगरलाई प्रदेश १ को अस्थायी राजधानी घोषणा गरेयता मोरंगको बुधनगर स्थित भेडीयारीमा अवस्थीत प्राचीन विराट राजाको दरवार अवलोकन भ्रमण, तथा अध्यन अनुसन्धान गर्ने आन्तरीक तथा बाह्य पर्यटकको चहल पहल बढेको हो ।

Advertisement

अहिले दैनिक मात्रामा प्राचीन विराट राजाको दरवार क्षेत्र अबलोकनका लागि देशभरबाट तथा छिमेकी देश भारत एवम् तेस्रो मुलुकबाट पर्यटकहरु अध्यन, अनुसन्धान र अवलोकन भ्रमणका लागि आउने गरेको विराट राजा दरवार क्षेत्र संरक्षक कमलकिशोर यादवले जानकारी दिए ।

Advertisement

उनले हाल सम्म विराट राजाको दरवार क्षेत्र अबलोन भ्रमण, अध्यन अनुसन्धान तथा शोधपत्र लेख्नका लागि इंग्ल्याण्ड, अमेरीका, भारतलगायत धेरै मुलुकहरुबाट पर्यटकहरु आउने गरेको बताए ।

संरक्षक यादवले अब विराटनगर प्रदेशको अस्थायी राजधानी मात्र नभएर स्थायीनै हुन सक्ने प्रयाप्त आधारहरु रहेकाले उक्त क्षेत्रको पर्यटन प्रवर्धनका लागि सरकारले प्रयाप्त पूर्वाधार निर्माण र सो क्षेत्रको विकासका लागि उचीत पहल गर्नुपर्ने बताए ।

उनले विराट राजाको दरवार क्षेत्रमा प्रयाप्त ऐतिहासिक तथा पूरातात्विक वस्तुहरु रहेकाले सो क्षेत्रको विकासका लागि पूरातत्व विभागले उत्खनन गर्नुपर्ने र आन्तरकि तथा वाह्य पर्यटक भित्रयाउन पर्यटकको सुविधाका लागि उक्त क्षेत्रमा प्रयाप्त होटल तथा रेस्टुराँहरु सञ्चालन गरिए, खान र वस्नको सुविधाका लागि होट लज तथा धर्मशाला निर्माण गरिने हो भने तथा प्रयाप्त यातायात सुविधाका लागि सुविधा सम्पन्न सडक भए राज्यले सो क्षेत्रबाट प्रयाप्त आर्थिक लाभ लिन सक्ने बताए ।

विराट राजा दरवार क्षेत्रको विषेशता यस्तो छ
विराटनगरबाट करीब १० किलो मिटर दक्षिण सिमावर्ती साविक बुधनगर गाविस स्थीत भेडियारीमा पर्ने महाभारतकालिन विराटराजाको दरबारले प्राचीन इतिहास बोकेको छ । महाभारतकालमा पाँच पाण्डबहरु गुप्तबासमा रहेका बेला दुर्योधनले पाण्डबहरुको भेद जान्न गुप्तचर पठाएको हुनाले उक्त क्षेत्रको नाम भेडीयारी रहन गएको हुन सक्ने इतिहास विदहरुको बुझाइ छ ।

त्यस्तै महाभारतकालमा सो क्षेत्रमा विराट राजाको राज्य रहेकाले विराट राजाका तबेला तथा गोठको गोबर राख्ने ठाउँ हालको विराटनगर रहेकाले यसको नाम गोग्राह हुँदै पछी विराटनगर भएको विभिन्न शोधकर्ता तथा इतिहासकारले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ ।

हाल उक्त क्षेत्रलाई विभिन्न निनकायको सहकार्य र सहयोगमा संरक्षण गर्नका लागि घेरावारा लगाएर राखिएको छ । झट्ट हेर्दा अहिले उक्त क्षेत्रमा माटाको ढिस्को र केहि रुखहरु देखिएपनि वि.सं. ०२७ सालमा पुरातत्व विभागले उत्खनन गर्दा ढिस्को मुनी ईसापूर्व २ सय वर्ष पुरानो विराट राजाको दरवार र अण्डआकारको मन्दिर फेला पारेको र यसको पुष्टि समेत भएको संरक्षक यादवले बताए ।

तत्कालिन समयमा उत्खनन गर्दा प्रचीन धातुहरु, माटाका प्राचीन मुद्राहरु, प्राचीन भाँडाकुँडाहरु तथा प्राचीन हात हतियारहरुसमेत फेला पारिएको थियो ।

प्राचीन विराट राजाको दरवार क्षेत्र संरक्षण यसरी हुँदै आएको छ
स्थानिय कमलकिशोर यादवले करीब अढाई दशक अघिदेखी विराट राजा दरवार क्षेत्रको संरक्षण गर्दै आएका छन् । उनले उक्त क्षेत्रमा फेला परेका प्राचीन बहुमुल्य शिक्काहरु, प्राचीन भाँडाकुडाहरु, महाभारतकालका विभिन्न बस्तु तथा सामग्रीहरु आफ्नै निवासमा संकलन गरेर संग्राहालयका रुपमा राखेका छन् ।

अढाई दशक सेवा गरेँ राज्यले अफ्ना लागि केहि गरोस : यादव
नेपाल टाइम्स सँग कुराकानी गर्दै उनले आफुले आफ्नो जिवनको करीब २५ वर्ष भन्दा बढी समय निस्वार्थ रुपमा विराट राजा दरवार क्षेत्र संरक्षण र महाभारतकालिन बहुमुल्य वस्तु तथा सामग्रीहरु फेला पारेर संकलन गरि राज्यका लागि संरक्षण गरिदिदै आएकाले राज्यले आफुलाई पनि केहि गर्नुपर्ने माग गरेका छन् ।

उनले विभिन्न मुलुकले राज्यलाई योजदान दिने व्यक्तिहरुका लागि विशेष व्यवस्था गरेको बताउँदै आफुले पनि राज्यको बहुमुल्य सम्पत्तीको संरक्षण गर्दै आएकाले राज्यले आफुलाई पनि उचीत सम्मान गरिदिनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top