×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानको प्रतिवेदन कार्यान्वयनको चरणमा

२५ श्रावण २०७७
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

२५ साउन, काठमाडौँ ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले ट्रंक लाइन तथा डेडिकेटेड फिडर सम्बन्धी विवाद समाधानका लागि तयार भएको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्बाट गठित समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्कै निर्णय अनुसार मन्त्रालयले कार्यान्वयन गर्न लागेको बताएका हुन् ।

उनले प्रतिवेदनमा उल्लेख भए अनुसार कार्यान्वयनको प्रक्रिया सुरु गर्न नेपाल विद्युत प्राधिकरण र विद्युत नियमन आयोगमा पठाउन लागिएको बताए । विद्युुत उपभोक्ता उद्योगहरु र नेपाल विद्युत प्राधिकरणबीच ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउने सम्बन्धमा विवाद रहेको थियो । सोही विवाद समाधानका लागि सुझाव सहितको प्रतिवेदन तयार गर्न मन्त्रिपरिषद्ले उर्जा समचिव दिनेश कमुार घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले उद्योगीहरु र विद्युत प्राधिकरण बीच देखिएको विवादलाई तीन भागमा वर्गिकरण गरेर अध्ययन प्रतिवेदन तयार गरेको सचिव घिमिरेले बताए ।

उनले २०७२ पुष महिना अघिको अवस्था, २०७२ पुष २९ गने देखि २०७५ बैशाख ३१ गते सम्म र त्यस भन्दा पछिको अवस्थालाई सुक्ष्म अध्ययन गरेर सुझाव पेश गरिएको बताए । उद्योगीहरुले लोडसेडिङ हटेपछि पनि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाएको भन्दै नतिर्ने बताउँदै आएका छन् । यस्तै ट्रंक लाइन र डेडिकेटेड फिडरका लागि आवेदन नै नदिएका उद्योगहरुमा पनि त्यस्तो महसुलको बिल काटेको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गरेका थिए । तर विद्युत प्राधिकरणले लोडसेडिङ भएको समयमा पनि ट्रंक लाइन र डेडिकेटेड फिडरको प्रयोग गरेको भन्दै महसुल उठाउने बताएको छ ।

उक्त महसुल नलिने निर्णय प्राधिकरण आफैले गर्न नसक्ने भएकाले प्राधिकरणको सञ्चालक समितिले पनि सोही अनुसार नै महसुल उठाउने निर्णय गरेको बताए । २०७२ पुष १९ देखि २०७५ वैशाख ३१ गते सम्म पनि उद्योगहरुले लोडसेडिङको अवस्थामा नबसी विद्युत उपभोग गरिरहेको देखिएकोले सोही अनुसार महसुल निर्धारण गर्न प्राधिकरणलाई सिफारिस गरेको र बाँकीको हकमा विद्युत नियमन आयोगलाई समस्या समाधान सिफरिस गरिएको बताए ।

विभिन्न समयमा अदालतले दिएका आदेशको विवरणलाई अध्ययन गरेर पनि प्रतिवेदन तयार पारिएको सचिव घिमिरेले बताए । उद्योगहरुले कुनैपनि समयमा लोडसेडिङमा नबसेको र ट्रंक लाइन र डेडिकेटेड फिडरको प्रयोग गरेकाले महसुल तिनैपर्ने गरी सिफारिस गरिएको बताए । समितिले विस्तृत अध्ययनका लागि उपसमिति समेत गठन गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top