२६ साउन, एजेन्सी ।
एट्लेटिको मड्रिडका दुईजना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
च्याम्पियन्स लिगअन्तर्गत बिहीबारको खेल खेल्न तयार भएको एट्लेटिकोका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । एट्लेटिकोले लिक्वोनमा जर्मन क्लब आरबी लाइपेजिगसँग क्वार्टरफाइनलको खेल खेल्दै छ ।
च्याम्पियन्स लिगको अन्तिम आठमा खेल्न तयार भएको एट्लेटिकोका खेलाडीमा कोरोना देखिँदा क्लबका लागि नयाँ योजना बनाउनुपर्ने बाध्यता छ । एट्लेटिकोका संक्रमित दुवै खेलाडी हाल आइसोलेसनमा छन् ।
शनिबार गरिएको परीक्षणमा पहिलो टिमका खेलाडी तथा स्टाफमा कोरोना पोजेटिभ देखिएको हो । च्याम्पियन्स लिगको अन्तिमा आठका खेल पोर्चुगलको लिस्बोनमा खेलाउन लागिएको हो । बन्द रंगशालामा हुने खेल सिंगल लेगमा गर्न लागिएको छ ।