भारतमा पहिलो पटक एकैदिन एक हजार बढी संक्रमितको मृत्यु

२६ साउन, एजेन्सी । भारतमा पहिलोपटक एकैदिन एक हजार बढी कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।

यस्तै सोही अवधिमा ६२ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी संक्रमित संख्या २२ लाख १५ हजार ७५ पुगेको छ।

Advertisement

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा हाल कोरोनाका ६ लाख ३४ हजार ९ सय ४५ वटा सक्रिय केस रहेका छन्। यस्तै हालसम्म ४४ हजार ३ सय ८६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

शुक्रबारयता भारतमा प्रतिदिन ६० हजार भन्दा बढीको संख्यामा संक्रमित फेला परिरहेका छन्।

Advertisement

भारतको कोरोनाबाट निको हुनेको संख्यामा पनि वृद्धि भएको छ। एकैदिन ५४ हजार ८ सय ५९ जना निको भएपछि भारतको निको हुनेदर ६९.३३ प्रतिशत पुगेको छ। हालसम्म १५ लाख मानिस उपचारपछि डिस्चार्ज भएका छन्।

भारतमा निको हुने र सक्रिय केसमा ९ लाखको अन्तर रहेको छ।

भारत सरकारले देशका १० राज्यमा अझै पनि कोरोना संक्रमण उच्च रहेको जनाएको छ। यी १० राज्यमा भारतका ८० प्रतिशत संक्रमित रहेका छन्।

इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइसिएमआर)ले हालसम्म २ करोड ४५ लाख ८३ हजार ५ सय ५८ वटा कोरोना परीक्षण गरिएको जनाएको छ।

आइतबार ४ लाख ७७ हजार बढी नमुना परीक्षण गरिएको उसले जनाएको छ। भारतले अगस्टको अन्तिमसम्म कोरोना परीक्षणदर प्रतिदिन १० लाख पु¥याउने लक्ष्य लिएको छ।

भारत विश्वमा कोरोनाबाट अमेरिका र ब्राजिलपछि सबैभन्दा संक्रमित भएको मुलुक हो। भारतमा दैनिक भेटिने कोरोना संक्रमित संख्याले अमेरिकाको दैनिक संख्यालाई उछिनेको छ।

विश्वमा हालसम्म २ करोड बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ३० हजार ८९ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top