घूस लिएको अभियोगमा खानेपानी संस्थान बुटवलका प्रमुख धादिङबाट पक्राउ

२५ साउन ७७, सोमबार

२६ साउन, काठमाडौं ।
खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह पक्राउ परेका छन्।

Advertisement

उनी बुटबलबाट काठमाडौंतर्फ आइरहेका बेला बाटोबाटै पक्राउ परेका हुन् । घूस लिएको आरोपमा उनलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा आइरहेका उनलाई धादिङबाट पक्राउ गरिएको आयोगले जनाएको छ। धुनिबेंसी–८ खानीखोलामा गाडी चेकजाँचका क्रममा उनको साथबाट नगद र बैंकमा पैसा जम्मा गरेको भौचर बरामद भएको थियो।

Advertisement

उक्त रकमको स्रोत उनले खुलाउन सकेनन्। उनको साथबाट नगद २ लाख ३३ हजार ५ सय रूपैयाँ र बैंकमा जम्मा गरेको ८ लाख २२ डजार रूपैयाँको भौचर बरामद भएको आयोगले जनाएको छ।

आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top