×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

कोपनहेगनलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

२७ श्रावण २०७७

२७ साउन, एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डेनिस क्लब कोपनहेगनलाई पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

अतिरिक्त समयमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गरेपछि म्यानयुले जित हात पारेको हो ।

Advertisement
Advertisement

कोल्न जर्मनीमा सोमबार राति भएको खेलमा युनाइटेडले कोपनहेगनलाई १–० ले पराजित गर्दै अन्तिमा चारमा स्थान सुरक्षित गरेको हो । बल पोजेसनमा पकड बनाएर कोपनहेगनलाई दबाबमा राखेपनि युनाइटेडले गोलको लागि पेनाल्टीको सहारा लिनुपरेको थियो । कोपनहेगनका गोलरक्षक कार्ल जोहन जोन्ससनले युनाइटेडका हरेक प्रहारलाई विफल पारेका थिए ।

अतिरिक्त समयको ९५औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनी मार्सियललाई कोपनहेगनका डिफेन्डर इन्ड्रिएस विजेल्यान्डले फल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिएको थियो । जसमा ब्रुनो चुकेनन् ।

Advertisement
Advertisement

कोपनहेगनका गोलरक्षक कार्ल जोहान जोन्ससनले युनाइटेडको १३ प्रयासलाई विफल पारेपनि हार टार्न सकेनन् । अब युनाइटेडले सेमिफाइनलमा वुल्भ्स र सेभिल्लाबीचको विजेतासँग खेल्ने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top