हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन

२७ साउन, काठमाडौं । हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीय आन्दोलित भएका छन् । बालाजु बाइपासमा सडक विस्तारलाई तिब्रता दिन र तत्काल कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार प्रदर्शन गरेका हुन् ।

बालाजु बाइपासमा २०१७ सालसम्म सरकारी विद्यालय र पाटी पौवा रहेको जग्गा व्यक्तिले हडपेर बिना लालपुर्जा किनबेच समेत गरिएको थियो ।

सडक विस्तार गरेर पासाङल्हामु राजमार्ग बनाउने क्रममा बाँकी रहेको सार्वजनिक जग्गा हडपेर बनाइएका टहरा २०७० सालमा हटाइएको थियो ।

Advertisement

स्थानीय पुष्प महर्जनले हिलाम्य सडकमा विगत ७ वर्षदेखि यात्रा गर्नुपरेको उल्लेख गर्दै सरकारलाई चाँडो बाटो कालोपत्रे गर्न माग गर्दै प्रदर्शन गरिएको बताए ।

अर्का स्थानीय विरेन्द्रबहादुर वन्तले सुरुमा सडक विस्तारका लागि एकजुट भएका स्थानीयहरु अहिले कालोपत्रेका लागि एकजुट भएर सरकारलाई माग गरिरहेको बताए ।

Advertisement

केही घर टहराहरुका कारण समस्या देखिएको उनले बताए । एउटा भग्नावशेष घर बाँकी रहेकामा गत साता सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त भग्नावशेष हटाएर सडक विस्तार गरिरहेको छ । तर ति टहरामा बसीरहेकाले अनावश्यक विवाद निकालेको भन्दै स्थानिय सडक निर्माणका लागि आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

स्थानीय विश्वराम सापकोटाले निर्वाचित जनप्रतिनिधि आउनुभन्दा पहिले देखिको समस्या भएपनि आज जनप्रतिनिधि निर्वाचित भएर आएपनि समस्या उस्तै रहेको बताए ।

बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् ।

आफुहरुको समस्या समाधानका लागि सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएकाले आफुहरु सडकमा उत्रिएको स्थानीयको भनाइ छ ।

सरकारले सार्वजनिक जग्गा र त्यसमा बनेका अस्थायी संरचना हटाइसकेको छ । बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि घटेको छ ।

ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई विस्थापन गराउनका लागि स्थानियले पटक पटक माग गर्दै आइरहेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top