चौरजहारीमा मारिएका युवाका परिवारलाई सरकारले १० लाख दिने

२७ साउन, काठमाडौँ ।
गत जेठमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

Advertisement

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधि मन्त्री युवराज खतिवडाले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ आर्थिक सहायता दिने र घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् ।

गत जेठ १० गते दलित युवाले कथित उपल्लो जातिकी केटी भगाउन खोजेको भन्दै गाउँलेले गरेको आक्रमणमा परि जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top