योगेन्द्र योगी
२७ साउन, दोहा ।
कुबेत सरकारले यो हप्ताको अन्त्यसम्ममा करिव ३ लाख ६० हजार आप्रावासी कामदारहरुलाई हटाउने तयारी गरेको छ । यो तयारीपछि हजारौ नेपाली प्रभावित हुने भएका छन् ।
कोरोनाको कहरपछि कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ । समितिले यस हप्ताको अन्त्यसम्ममा प्रतिवेदन पेश गर्ने जनाएको छ । समितिले तयार पारेको प्रतिवेदनमा कुवेत सरकारले करिव ३ लाख ६० हजार आप्रवासी कामदारहरुलाई हटाउने तयारी गरेको छ ।जसमा अवैधानिक रूपमा बसेका १ लाख २० हजार आप्रबासी श्रमिकलाई हटाइने छ । यस्तै सीप नभएका १ लाख ५० हजार तथा ६० बर्ष भन्दामाथिका ९० हजार आप्रबासी काममदार हटाईने योजना छ । मध्यम र दीर्घकालीन समस्या समाधानका सवालमा जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न सरकारले रणनीतिक दिशानिर्देशन र कार्यक्रमहरू तय गरेको जनाएको छ ।
कुवेत सरकारले गरेको यो निर्णयसंगै हजारौ नेपालीको रोजगारी गुम्ने खतरा बढेर गएको छ । कोरोनाका कारण अहिले कुवेतमा धेरै कम्पनी बन्दभएर कतिपय नेपाली विगत लामो समयदेखि स्वदेश फर्किने पर्खाइमा छन् भने कतिपय नेपाली स्वदेश फर्कि सकेका छन् । नेपाल सरकारले गरेको उद्दार उडानमार्फत धेरै नेपालीफर्किए पनि वास्तविक पिडित तथा पैसा नहुने अधिकांश नेपाली श्रमिकअझै कुवेतमै रहेको त्याहा स्थित श्रमिकहरुले बताउदै आएका छन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।