विद्यार्थी संगठनद्वारा शैक्षिक हड्तालको चेतावनी

११ बैशाख ७५, बुधबार

१२ वैशाख, विराटनगरः निजी विद्यालयले विद्यार्थीबाट चर्को शुल्क असुलेकाे भन्दै त्यसकाे विराेधमा  आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उक्त प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले अविलम्ब शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिए ।

Advertisement

 

भक्तपुरको सानोठिमीस्थित विभाग घेर्न कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका थिए । त्यसक्रममा बिभाग कर्मचारी र विद्यार्थीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियोे ।

Advertisement

प्रदर्शनमा अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौला, नेविसंघ उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र नेक्राविसंका अध्यक्ष निरज लवजुसहित विद्यार्थीहरु सहभागी थिए ।

शिक्षा विभाग आफैले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयनमा जोड दिएका थिए ।

Advertisement

शुल्कवृद्धि विरुद्ध आगामी १४ गते आन्दोलनरत विद्यार्थी संगठनहरुले देशभरका स्थानीय तहको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top