५ महिनामा १४ हजार नेपाली यूएईबाट फर्किए, १ सय १० जनाले ज्यान गुमाए

२८ साउन ७७, बिहीबार

२९ साउन, एजेन्सी ।
लकडाउन अवधिभर संयुक्त अरब इमिरेट्स (यूएई)मा १ सय १० नेपालीले ज्यान गुमाएका छन् ।

गएको मार्च ११ देखि अगस्ट ११ सम्म पाँच महिनाको अवधिमा यूएईमा १ सय १० जना नेपालीको ज्यान गएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाउनेमध्ये ५ जना महिला र बाँकी १ सय ५ जना पुरुष छन् ।

यस्तै एकजना महिलासमेत गरी ३६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको दूतावासले जनाएको छ । दूतावासका अनुसार कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका बाहेक अधिकांशको प्राकृतिक कारण र केहीको मात्र आत्महत्या, दुर्घटना वा हत्या रहेको छ ।

Advertisement

६९ जनाको अन्त्येष्टि यूएईमै
​ज्यान गुमाएका ६९ जनाको अन्त्येष्टि यूएईमै गरिएको छ ।

बाँकी २६ जनाको शव नेपाल पठाइएको दूतावासले जनाएको छ । परिवारको सहमतिमा ६९ जनाको शव यूएईमै अन्त्येष्टिका लागि दूतावासले अनुमति दिएको हो । गएको जुन १९ बाट उद्धार उडान शुरु भए लगत्तै १ महिलासहित २६ जना नेपालीको शव नेपाल पठाइसकिएको छ ।

Advertisement

बाँकी ४ जनाको शव नेपाल पठाउने तयारीमा रहेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझाले जानकारी दिए । उनका अनुसार बाँकी शव अझै पनि विभिन्न अस्पतालको शवगृह (मर्चरी)मा राखिएका छन् ।

उद्धार उडान मार्फत सकेसम्म अड्किएका शवै शव नेपाल पठाउने प्रयास अनुरुप दूतावासले कम्पनी, पालिका तथा परिवारसँग समन्वय गरेर काम गरिरहेको पनि दूतावासले जनाएको छ ।

झण्डै १४ हजार फर्किए
कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, रोजगारदाता भागेर अलपत्र परेका, अध्ययन तथा घुम्न आएका गरी झण्डै ४७ हजार जनाले नेपाल फर्किन चाहेको नेपाली दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

दूतावासले गएको अप्रिल २८ बाट नेपाल फर्किन चाहनेका लागि अनलाइन फारम भर्न सकिने व्यवस्था गरेको थियो । नेपाल फर्किने चाहाना व्यक्त गर्दै यूएईमा रहेका ४२ हजार नेपालीले अनलाइनमार्फत फारम भरेका थिए भने बाँकीले फेसबुक तथा दूतावासमै आएर पनि फारम भरेका थिए ।

दूतावासले बुधबार एक सूचना जारी गर्दै फारम भरेकामध्ये अहिलेसम्म ८२ वटा उडानबाट १३ हजार ७ सय ८५ जना नेपाल फर्किएको जनाएको छ । तर पछिल्लो समय यूएईको अवस्था सामान्य हुँदै गएको र नेपालमा कोरोनाको सङ्क्रमण बढेकाले पहिले घर फर्किन चाहनेहरु पनि अहिले नफर्किने निर्णयमा पुगेको दूतावासको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top