२९ साउन, विराटनगर । साउन २५ गते रातीबाट सिर गरिएको विराटनगरको गुद्री बजार क्षेत्र खुल्ला गरिएको छ ।
सो क्षेत्र आजबाट खुल्ला गरिएपनि स्थानीयहरुलाई भने सतर्कता अपनाउन र भीडभाड नगर्न आग्रह गरिएको छ ।
जिल्ला सुरक्षा समिति मोरङको निर्णय पश्चात प्रहरीले विराटनगर महानगरपालिका –९ स्थित गुद्री बजारमा आवत–जावत पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो ।
सो क्षत्रमा संक्रमितको संख्या बढ्दै गएको र अत्याधिक भिडभाडले जोखिम बढेको भन्दै प्रहरीले आइतबार रातीेदेखि ७२ घण्टा सम्मका लागि गुद्री प्रवेश गर्ने सबै मार्गमा ढाट लगाएको थियो ।