हिन्दी चलचित्र ‘सडक–२’ सबैभन्दा धेरै डिसलाईक पाउने दोस्रो मुभी

२९ साउन ७७, बिहीबार

२९ साउन, एजेन्सी ।

Advertisement

बुधबार बिहान १० बजे युट्युबमा आलिया भट्ट अभिनित चलचित्र ‘सडक – २’ को ट्रेलर सार्वजनिक भयो।

यो ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको सङ्ख्या धेरै छ। ट्रेलर सार्वजनिक भएको केही घण्टामा भिडियोलाई हेर्ने भन्दा मन नपराउनेको सङ्ख्या धेरै थियो। सडक –२ महेश भट्टको निर्देशन अनि मुकेश भटट निर्माणमा बनेको चलचित्र सडक २ लाई यति धेरै मन नपराइएको हो।

Advertisement

बलिउडमा अभिनेता सुशान्त सिंह राजपूतको अप्रत्यासित मृत्युपछि बलिउडमा ‘स्टार किड’ लाई बहिष्कार गर्ने अभियान नै चल्यो। ‘सडक – २’ मा देखिएको डिसलाईकको सङ्ख्याले सुशान्तका फ्यानको घृणालाई प्रष्ट पारेको छ। यो चलचित्रबाट मुकेश भट्टले दुई दशकपछि निर्देशनमा पुन बहाली गरेका थिए।

चलचित्रमा आलिय भट्ट, पूजा भट्ट, सञ्जय दत्त र आदित्य रोय कपूरको अभिनय रहेको छ र यी कलाकारहरु सामाजिक सञ्जालमा ‘ट्रोल’ भईरहेका छन्। यो समाचार तयार पार्दासम्म भिडियोलाई ५९ लाख पल्ट डिसलाईक गरिएको छ। र कमेन्टहरु पनि नकारात्मक रुपमा आइरहेका छन्।

Advertisement

यो भिडियोले भारतमा सबैभन्दा धेरै मन नपराइएको भिडियोको रेकर्ड राख्ने आँकलन गरिएको छ। यसअघि सन् २०१८ मा ‘युट्युब रिवाइन्ड २०१८’ नामक भिडियो विश्वमा नै सबै भन्दा मन नपराइएको भिडियो भयो। युट्युबमा अपलोड भएको यो पहिलो भिडियो थियो जसले ‘डिसलाईक’ धेरै पायो।

यो भिडियोमा अहिले एक कारोड ८० लाख डिसलाइक छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top