बर्दियामा थप तीन दिन निषेधाज्ञा

२९ साउन ७७, बिहीबार

२९ साउन, बर्दिया ।

Advertisement

बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ । कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन यही साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढैयातालका केही कर्मचारीमा कोरोना देखिएकाले त्यहाँका कर्मचारीको तत्काल पिसिआर परीक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदासम्म बैंक बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top