×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

कोभिड–१९: संक्रमणसँगै मृत्युको बढ्दो ग्राफ

२९ श्रावण २०७७

२९ साउन, काठमाडौँ ।

मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् । यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड–१९ सङक्रमित ३५ को मृत्यु भएको छ । यससँगै हालसम्म ९५ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ ले विगतमा फाट्टफुट्ट रुपमा मानिसको मृत्यु भएकामा साउन लागेपछि दैनिक रुपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ ।

विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार मृत्यु भएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोग व्यक्ति छन् ।

नेपालमा सङ्क्रमितमध्ये झण्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को मृत्यु दर विश्वमा तीन प्रतिशत छ । कतिपय मुलुकमा तीन प्रतिशत माथि पुगेको छ । तथ्याङ्क हेर्दा मुलुकमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक साताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रष्ट तस्वीर पाइन्छ । साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाडौँ उपत्यकामा मात्रै एक सातामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ ।

मन्त्रालयका अनुसार अहिले मुलुक दोस्रो तहको सङ्क्रमणमा छ । “निश्चिम क्षेत्रमा महामारीका रुपमा कोभिड–१९ फैलिएको छ, अझै नियन्त्रण बाहिर गएको छैन”, मन्त्रालयका प्रवक्ता डा गौतमले भने, “काठमाडौँसहित पर्सा, रौतहट र महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रुपमा देखिन्छ, त्यसपछि दोस्रामा मोरङ, बाँकेलगायत केही जिल्ला छन् ।” उनले मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको बताए । दुई मिटर दूरी कायम गरेर नियमित मास्क मात्रै लगाउने हो भने पनि ९६ प्रतिशत सङ्क्रमण रोक्न सकिने जनस्वास्थ्य विज्ञको भनाइ छ । “जनस्वास्थ्यको मापदण्ड नै फलो नगर्ने, भीडभाड बढाउने, टेर्दै नटेर्ने, अनि कसरी सङ्क्रमण रोक्न सकिन्छ”, डा गौतमले आक्रोशपूर्ण रुपमा भने ।

जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँड्न भनेको छ । मुलुकभर बन्दाबन्दी घोषणा नगरिए पनि सरकारले सङ्क्रमण रोक्न अन्तरराष्ट्रिय सीमा नाका आवागमन रोक्नेदेखि अन्य आवश्यक निर्णय गर्दै आएको छ । आफ्नो सीमा क्षेत्रमा निर्णय गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासनलाई दिइएको छ । सोहीअनुसार कतिपय जिल्ला र स्थानीय तहले आआफ्नै ढङ्गले जोखिम विश्लेषण गरी सिल गर्नेदेखि निषेधाज्ञा र लकडाउनसम्मका निर्णय गर्न थालेको छ ।

एक हप्ताको सङ्क्रमण र मृत्युको अवस्था

साउन २२ देखि २८ सम्म एकसाताका अवधिमा मात्रै ३१ जनाले ज्यान गुमाएका छन् । आज थप चार जनाले ज्यान गुमाए । साउन २८ गते ४६४ जना नयाँ पोजेटिभ देखिँदा त्यसमा १३९ जना काठमाडौँ उपत्यकाका थिए । त्यसमा पनि १०९ जना काठमाडौँ जिल्लाका भेटिए । धनुषाका दुई तथा काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एकएक गरी बुधबार एकै दिन सबैभन्दा बढी आठ जनाले ज्यान गुमाए । आजसम्म ९५ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । साउन २७ गते ६३८ नयाँ सङ्क्रमित थपिएकामा उपचारका क्रममा रहेका काभ्रेपलाञ्चोक, धनुषा, सिन्धुपाल्चोकका गरी चार जनाको मृत्यु भयो । उपत्यकामा १३६ नयाँ सङ्क्रमित भेटिए ।

साउन २६ गते चार जनाले ज्यान गुमाए । त्यस दिन ३३८ नयाँ संक्रमितमध्ये ४४ जना उपत्यकाका थिए । साउन २५ गते ३८० जनामा देखिँदा उपत्यकाका ९२ जना थिए । त्यस दिन दुई जनाले ज्यान गुमाए । साउन २४ गते ३७८ जनामध्ये उपत्यकामा ६२ जनामा देखियो । त्यसदिन तीन जनाले ज्यान गुमाए । साउन २३ मा ४६२ जनामा देखिएको थियो । उपत्यकामा मात्रै १०६ जना भेटिए । त्यस दिन पाँच जनाको मृत्यु भएको थियो ।

साउन २२ गते ३७० जना सङ्क्रमित हुँदा उपत्यकामा ८७ जना थिए । त्यस दिन पनि पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मात्रै ५२५ नयाँ सङ्क्रमित थपिए । हालसम्म झण्डै २५ हजार सङ्क्रमित फेला परेका छन् । मुलुकमा उपचारपछि निको भएको दर भने आशालाग्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ६८ दशमलव ५ प्रतिशत छ । अहिले सरकार परीक्षणको दायरा बढाउँदै दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्न सक्ने अवस्थामा पुगेको छ ।

प्रदेश नं २ मा बढी मृत्यु
प्राप्त विवरणमा कोभिड–१९ का कारण सबैभन्दा बढी मानवीय क्षति प्रदेश नं २ मा भएको छ । आजसम्मको विवरणमा प्रदेश नं २ मा ३९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यसपछि दोस्रामा वाग्मती प्रदेशमा १८ जनाले ज्यान गुमाएका छन् । प्रदेश नं १ मा आठ, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १२, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको छ ।
लकडाउन समाप्तीपछि परीक्षण गरिएकामध्ये पोजेटभ प्रतिशतसमेत केही वृद्धि भएको छ । साउन ७ गते लकडाउनको अन्त्य हुँदा परीक्षण गरिएकामध्ये ४ दशमलव २२ प्रतिशत पोजेटिभ देखिएको थियो । साउन २७ मा ६ दशमलव १० प्रतिशत रहेकामा साउन २८ मा ४ दशमलव ६२ प्रतिशत पोजेटिभ देखिए ।

उच्च सावधानी अपनाइँदै
सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ । यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो ।

भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिले झैँ खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ ।

सक्रिय सङ्क्रमित २०० भन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घसंस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्नसमेत सरकारले निर्देशन दिएको छ ।

मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी आजदेखि लागू हुने गरी तत्काल सवारी पास वितरण बन्द गर्न भनेको छ ।

फुटपाथ, खुला ठाउँ, ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका व्यवसायलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय पनि भएको छ । उद्योग कलकारखानामा भने आवश्यक स्वास्थ्य मापदण्डअनुसार मात्रै सञ्चालन गर्न पाइने छ ।

चीनको उहानमा गत डिसेम्बर ३१ मा देखिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत देखिएपछि सरकारले गएको चैत ११ गतेदेखि बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेको निर्णयले साउन ६ गते रातिदेखि बन्दाबन्दी अन्त्य भएको थियो । वैशाख र जेठमा अत्यधिक बढेको कोभिड–१९ असारमा केही कमी देखिए पनि साउनमा ह्वात्तै बढेको छ ।

सङ्क्रमणमा केही कमी आएपछि सरकारले जेठ २९ गते लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधि चलायमान बनाएको थियो । त्यसको आज ठीक दुई महिना पुग्दा कोरोना रोकथाम हुनाको सट्टा क्रमशः बढ्दो क्रममा रहेको विवरणले देखाउँछ ।
अझै सचेत छैनन्

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारको मात्रै प्रयासले पुग्दैन, सबै नागरिक पनि सचेत हुनुपर्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा.अनिल कार्की आमसमुदाय चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सुझाव दिन्छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोनाबाट बच्न करीब ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । त्यसमा पनि ६२ प्रतिशतले मात्रै सही तरिकाले लगाउँछन् ।

परिषद्का सदस्य सचिव प्राडा प्रदीप ज्ञवालीकाअनुसार मास्क नलगाउनेको सङ्ख्या झण्डै २८ प्रतिशत छ । मास्कको बेवास्ता गरी लगाउनेको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत पाइए ।

काठमाडौँ उपत्यकाका २३ सार्वजनिकस्थल तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा उक्त अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो ।रासस

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top