२९ साउन, विराटनगर ।
विराटनगर महानगरपालिकामा भदौ ५ गते सम्मका लागि लकडाउन थप गरिएको छ । कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगरपालिका क्षेत्रमा लगाईएको लकडाउन भदौ ५ गते सम्मका लागि थपिएको हो ।
विराटनगर महानगरपालिकाले बिहीबार विज्ञप्ति जारी गरी संक्रमण फैलिने क्रममा रहेको भन्दै ७ दिनका लागि लकडाउन थपेको जनाएको हो । यसअघि साउन १६ गतेबाट ३० गतेसम्म लकडाउन जारी गरिएको थियो ।
लकडाउन अवधिमा पनि संक्रमणको दर बढ्दै गएपछि लकडाउन थप ७ दिन थप गरिएको महानगरले जनाएको छ । विराटनगरमा बिहीबार मात्र ६० जना थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको छ । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् । कोरानोबाट महानगरभित्रै ६ जनाको मृत्यु भएको छ ।
